चोलेन्द्रलाई भेट्न टेकु पुगेको मानव अधिकार आयोगको टोलीलाई प्रवेश रोक

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । हिरासतमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई अपराध अनुसन्धान कार्यालय, टेकुले प्रवेश गर्न दिएको छैन।

आयोगका सदस्य मनोज दुवाडीसहित तीन सदस्यीय टोली आइतबार जबरालाई भेट्न टेकुस्थित अपराध अनुसन्धान कार्यालय पुगेको थियो। तर कार्यालयले प्रवेश अनुमति नदिएपछि टोली करिब ४५ मिनेट गेटमै कुरेको थियो।

लामो समयसम्म प्रवेशको अनुमति नपाएपछि आयोगको टोली जबरालाई नभेटी कार्यालयबाटै फर्किएको हो।

जबरालाई हिरासतमा राखिएको अवस्थाबारे अनुगमन तथा मानव अधिकारको अवस्थाबारे जानकारी लिन आयोगको टोली टेकु पुगेको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी