मनाङको हिमलुङ हिमालमा हिमपहिरो, १० जना बेपत्ता

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । मनाङको नारफूस्थित हिमलुङ हिमालमा हिमपहिरो जाँदा १० जना बेपत्ता भएका छन्।

मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार आइतबार बिहान हिमपहिरो गएको हो। बेपत्ता हुने सबै नेपाली रहेको प्रारम्भिक विवरण आएको उनले बताए।

उनका अनुसार हिमपहिरोमा १० जना परेको सूचना आएपछि उद्धारका लागि हेलिकप्टर परिचालन गरिएको छ। एउटा हेलिकप्टरले उद्धार टोलीलाई घटनास्थल नजिकै छाडेर फर्किएको र अर्को हेलिकप्टर पनि उद्धारका लागि पठाइएको छ।

बेपत्ता भएकाहरू अल्पाइन ट्रेक एण्ड ट्राभल्स मार्फत हिमलुङ हिमाल पुगेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्