हिम्लुङमा १० जना सम्पर्कविहीनको आशंका, खोजीका लागि हेलिकप्टर परिचालन

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

मनाङको हिम्लुङमा पहिरो, १० जना सम्पर्कविहीनको आशंका

काठमाडौं । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा पहिरो गएपछि १० जना सम्पर्कविहीन भएको आशंका गरिएको छ। स्थानीय प्रशासनले उनीहरूको खोजी तथा उद्धारका लागि हेलिकप्टर परिचालन गरेको छ।

जिल्ला प्रहरी कार्यालय मनाङका इन्स्पेक्टर विनोद बोहराका अनुसार खोजीका लागि प्रभु हेलिकप्टरमार्फत चार जना उद्धारकर्मी पहिरो गएको क्षेत्रमा पठाइएको छ। थप तीन जना उद्धारकर्मीलाई कैलाश हेलिकप्टरमार्फत पठाउने तयारी भइरहेको उनले बताए।

पहिरोका कारण हिमाल आरोहणमा गएका १० जना सम्पर्कविहीन भएको सूचना आए पनि घटनाबारे यकिन विवरण प्राप्त भइनसकेको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सम्पर्कविहीन भएको आशंका गरिएका सबै नेपाली नागरिक रहेको प्रारम्भिक जानकारी आएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्