मनाङको चामेमा पहिरोले मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रलाई सतर्क रहन आग्रह

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

मनाङको चामेमा पहिरोले मर्स्याङ्दी नदी थुनिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार स्थानीय ठाडो खोलाबाट झरेको लेदोसहितको पहिरोले मर्स्याङ्दी नदी थुनिएको हो।

नदी थुनिएसँगै त्यहाँ ताल बन्न थालेको छ। मर्स्याङ्दी नदीमा साइरन बज्न थालेको स्थानीयले बताएका छन्।

नदी थुनिएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रशासनले मर्स्याङ्दी नदीको तटीय क्षेत्रका सबैलाई सतर्क रहन आग्रह गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्