ललितपुरमा साढे २ तले घर ढल्यो

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । ललितपुर महानगरपालिका–२४ स्थित धापाखेलमा पहिरोका कारण साढे २ तले घर ढलेको छ । जमिन गलेपछि घरभन्दा तल पहिरो जाँदा घर ढलेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले रातोपाटीलाई बताए ।

सोमबार बिहान सोवितकुमार थापाको घर ढलेको हो । जोखिम आकलन गरेर सो घरमा बस्ने परिवारलाई हिजो त्यहाँबाट सारिएको हुनाले मानवीय क्षति नभएको एसपी मिश्रले बताए ।

असोज ९ देखिको लगातार वर्षाका कारण जमिन गलेपछि घर ढलेको हो । वर्षा आइतबार साँझदेखि रोकिएको छ । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी