काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा पक्राउ प्रकरणलाई लिएर बालेन्द्र शाह नेतृत्वको सरकारको आलोचना गरेका छन् ।
संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै शाहीले जबरालाई पक्राउ र रिहा गरिएको घटनामाथि प्रश्न उठाउँदै बालेन नेतृत्वको सरकार र यसअघिको केपी शर्मा ओली नेतृत्वको सरकारबीच फरक नदेखिएको टिप्पणी गरे ।
उनले भने, ‘यदि पूर्वप्रधानन्यायाधीश दोषी नै हुन् भने किन छाडेको ? निर्दोष भए राति ३ बजे किन पक्राउ गरेको ? यस्ता गतिविधिले हिजोको केपी ओलीको र बालेनको सरकारबीच केही पनि फरक हुँदैन।’
अदालतबाट पक्राउ पुर्जी लिएर पक्राउ गरिएको भए प्रश्न उठाउने ठाउँ नहुने शाहीको भनाइ थियो । उनले व्यक्तिगत इगो साँध्न राज्यसत्ताको दुरुपयोग भइरहेको आरोप लगाए ।
दुर्गा प्रसाईंको पक्राउप्रति पनि टिप्पणी गर्दै शाहीले उनलाई पक्राउ गर्नुको सट्टा जीवी राईलाई पक्राउ गरेको भए उचित हुने धारणा राखे । उनले सहकारीको ९ अर्ब रुपैयाँ अझै नेपाली जनताले नपाएको दाबी गरे ।
यस्तै, फोरजी, एनसेल तथा निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा सरकार गठन भएको ६ महिन





