म्याद गुज्रिएका खाद्यान्नमा नयाँ मिति र नक्कली लेबल लगाएको आरोपमा दुई पक्राउ

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । म्याद गुज्रिएका खाद्यान्नमा नयाँ मिति र नक्कली लेबल लगाएर बिक्री वितरण गरिरहेको आरोपमा प्रहरीले काठमाडौँबाट दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बारा प्रसौनी गाउँपालिका–१ घर भई हाल काठमाडौँको तिनथाना बस्ने ४० वर्षीय विजेन्द्र साह र पर्सा बिन्दावासिनी गाउँपालिका–२ घर भई हाल तिनथाना बस्ने ४९ वर्षीय अखिलेस प्रसाद कलवार रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँ र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले चन्द्रागिरि नगरपालिका–१५, तिनथानास्थित सिद्धिविनायक खाद्य स्टोरमा स्थलगत अनुगमन गर्दा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्य सामग्रीमा नयाँ मिति राखेर रि–लेबलिङ गरिरहेको अवस्थामा उनीहरूलाई फेला पारिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी