कांग्रेस महाधिवेशन स्थलमा ३० स्वास्थ्यकर्मीसहित हेल्थ डेस्क

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ — नेपाली कांग्रेसको १५औँ महाधिवेशन स्थल खुलामञ्चमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क तयार गरिएको छ । हेल्थ डेस्कमार्फत महाधिवेशन प्रतिनिधिहरूलाई स्वास्थ्य सेवा प्रदान गरिने भएको छ ।

महाधिवेशन आयोजक समितिअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. केदारनरसिंह केसीका अनुसार खुलामञ्चको पश्चिमतर्फ स्वास्थ्य सेवाका लागि हेल्थ डेस्क स्थापना गरिएको हो । पाँचवटा स्टल रहने हेल्थ डेस्कबाट सामान्य स्वास्थ्य परीक्षण तथा आकस्मिक सेवा प्रदान गरिनेछ ।

हेल्थ डेस्क दुई सिफ्टमा सञ्चालन हुने केसीले जानकारी दिए । उनका अनुसार प्रत्येक सिफ्टमा आठ जना चिकित्सक, पारामेडिक्स तथा नर्स रहनेछन् । त्यहाँ रक्तचाप र सुगर परीक्षणका साथै सिटामोल, जीवनजल तथा घाउचोटमा प्रयोग हुने औषधि निःशुल्क उपलब्ध गराइनेछ ।

महाधिवेशनमा सहभागीलाई तत्काल आकस्मिक उपचारका लागि अस्पताल लैजानुपर्ने अवस्था आए नजिकैका वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र बसुन्धरास्थित बीपी स्मृति अस्पतालमा उपचारको व्यवस्था मिलाइएको केसीले बताए ।

आकस्मिक अवस्थाका लागि महाधिवेशन स्थलमै दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखिने उनले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी