कांग्रेस सभापतिमा उम्मेदवारी दिएका राठौरले फिर्ता लिए

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । किशोर सिंह राठौरले नेपाली कांग्रेसको सभापति पदको उम्मेदवारी फिर्ता लिएका छन्। मंगलबार सभापति पदमा उम्मेदवारी दिएका राठौरले बुधबार राष्ट्रिय सभा भवनमा पत्रकार सम्मेलन गर्दै उम्मेदवारी फिर्ता लिएका हुन्।

जारी १५औँ महाधिवेशनमा सभापति पदका लागि राठौरसँगै गगनकुमार थापा र श्यामकृष्ण खड्कीले उम्मेदवारी दर्ता गरेका थिए।

उम्मेदवारी फिर्ता लिएसँगै राठौरले कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउन आफू सक्रिय रहने बताए। सभापति थापाको आग्रहमा आफूले उम्मेदवारी फिर्ता लिएको उनको भनाइ छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्