काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ६.३८ अंकले घटेर २ हजार ५७२.३४ विन्दुमा बन्द भएको छ।
साताको अन्तिमतिर बजारमा गिरावट देखिएको हो। अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक घटेको हो।
आज बजारमा ३ अर्ब ७४ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ। दिनभर १ करोड ३ लाख कित्ता शेयर किनबेच भएका छन्। कुल ३९ हजार ४६६ वटा कारोबारमार्फत ३५९ वटा कम्पनीको शेयर कारोबार भएको नेप्सेले जनाएको छ।
कारोबार भएका कम्पनीमध्ये १६७ वटाको शेयर मूल्य घटेको छ भने १०० वटा कम्पनीको शेयर मूल्य बढेको छ। १२ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
आजको कारोबारमा सर्वाधिक कमाउने कम्पनी घलेम्दी हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको शेयर मूल्य ६.२५ प्रतिशतले बढेको छ।





