कांग्रेस उपसभापतिका उम्मेदवार देवराज चालिसेले उम्मेदवारी फिर्ता लिए

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशनमा खुला उपसभापति पदमा उम्मेदवारी दिएका देवराज चालिसेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

चालिसेले केहीबेरअघि उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन्। सभापति गगन थापाको आग्रहमा आफूले उम्मेदवारी फिर्ता लिएको उनले बताएका छन्।

चालिसेले हिजो खुला उपसभापति पदमा उम्मेदवारी दिएका थिए। उनी पुसमा सम्पन्न विशेष महाधिवेशनपछि पार्टी प्रवक्तामा चुनिएका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्