काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ३९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बढेर ४ हजार ४०५ रुपैयाँ पुगेको छ ।





