कांग्रेस महाधिवेशनको मतदान समय साँझ ७ बजेसम्म थपियो

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भइरहेको मतदानको समय पुनः थप गरिएको छ ।

यसअघि दिउँसो ३ बजेसम्मका लागि तोकिएको मतदान समय दुई घण्टा थप गरी साँझ ५ बजेसम्म पुर्‍याइएको थियो । उक्त समय पुनः थप गरेर साँझ ७ बजेसम्म कायम गरिएको नीति प्रतिष्ठानका निर्देशक डा. सुरेश आचार्यले जानकारी दिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्