खगेन्द्र सुनारलाई फिर्ता बोलाउन प्रधानमन्त्रीलाई पत्र

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

२३ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । सि-०२०५७२ दर्ता नम्बर रहेको उजुरीमा सुनारले निर्वाचन क्षेत्र (बाँके ३)का विभिन्न योजनामा कमिसन लिएको तथा दलित अभियानको करोडौँ रकम चलखेल गरी हुण्डीमार्फत् ओसारपोसार गरेको दावीसहित छानविन तथा कारवाहीको माग गरिएको हाे ।

उता पार्टीकै केन्द्रीय विधायन मन्थन विभागका सदस्य विक्रम ओलीले सांसद सुनारमाथि कारवाहीको माग गर्दै संसदीय दलको नेता समेत रहेका प्रधानमन्त्री बालेन साहलाई पत्र पठाएका छन् । बाँके क्षेत्र नं ३ का स्थानीय समेत रहेका उनले ‘राइट टु रिकल’ प्रयोग गरेर सुनारलाई तत्काल निलम्बन गर्न र निष्पक्ष छानविन गरी कारवाही गर्न माग गरेका हुन् ।

‘निर्वाचनका क्रममा जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न पहल नगरेको, निर्वाचन अघिको उहाँको जीवनशैली, लवाइखवाइ र अहिलेको जीवनशैलीमा आकाश-पातालको फरक देखिन्छ’, पत्रमा भनिएको छ, ‘यसमा परिवर्तन आउनुको स्रोत के हो ? यसको स्पष्ट जवाफ जनताले पाउनुपर्छ।’

चुनाव जितेपछि सुनार निर्वाचन क्षेत्र नफर्केको दावी गरिएको पत्रमा मतदाताहरु असन्तुष्ट बन्दै गएको जानकारी गराइएकाे छ । ‘निर्वाचनका क्रममा जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न पहल नगरेको, निर्वाचन अघिको उहाँको जीवनशैली, लवाइखवाइ र अहिलेको जीवनशैलीमा आकाश-पातालको फरक देखिन्छ’, पत्रमा भनिएको छ, ‘यसमा परिवर्तन आउनुको स्रोत के हो ? यसको स्पष्ट जवाफ जनताले पाउनुपर्छ।’

सांसद सुनारका पछिल्ला विवादित अभिव्यक्तिले मतदाताको प्रतिष्ठामा समेत आँच पुगेको विषय पनि पत्रमार्फत् प्रधानमन्त्रीलाई अवगत गराइएको छ । ‘पार्टीको विधिविधानविपरीत कार्य गरेको साथै, उहाँका सार्वजनिक अभिव्यक्ति तथा गतिविधिले सामाजिक सद्भाव,जातीय द्वन्द्व र शान्तिमा असर पारेको, सामाजिक सञ्जालमा अराजकता फैलाएको, राष्ट्रसेवक कर्मचारीको मनोबल गिराउने तल्लो स्तरको अभिव्यक्ति दिएको, जनप्रतिनिधिको मर्यादा नबुझेको तथा राजदूत नियुक्तिसम्बन्धी विषयमा कमिसन लिएको आरोप लगायत विभिन्न भ्रष्टाचार आरोपहरू सार्वजनिक भएका छन्’, विस्तृतमा खुलाइएकाे छ, ‘यस्ता विवाद र गम्भीर आरोपले बाँके निर्वाचन क्षेत्र नं। ३ का जनताको प्रतिष्ठामा आँच पुगेको अनुभूति भएको छ साथै जनताको अपेक्षा अनुसार काम हुन नसकेमा आगामी स्थानीय तहको निर्वाचनमा पार्टीलाई समेत गम्भीर राजनीतिक क्षति पुग्न सक्ने हाम्रो चिन्ता छ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्