खगेन्द्रलाई सुदन को सुझाव– राजीनामा दिई निष्पक्ष छानबिनमा सहयोग गर्नुहोस्

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारलाई पदबाट राजीनामा दिई निष्पक्ष छानबिनमा सहयोग गर्न सुझाव दिएका छन्।

सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै नेता किरातीले सांसद पद सत्ताको साधन मात्र नभई सार्वजनिक नैतिकता र नागरिक भरोसाको मानक भएको बताएका छन्।

उत्पीडन र नैतिकताको एजेन्डा बोकेर आएका व्यक्तिमाथि नै गम्भीर आरोप लागेपछि नयाँ राजनीतिक संस्कारको उदाहरण बन्न र पदको गरिमा जोगाउन तत्काल राजीनामा दिनुपर्ने उनको भनाइ छ। अनुहार फेरिँदैमा समाज नबद्लिने उल्लेख गर्दै उनले नैतिक धरातल बलियो नभई जनताले नयाँ दल वा नेतृत्वलाई विश्वास गर्न नसक्ने स्पष्ट पारेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्