काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) चलिरहेको त्रिवि क्रिकेट मैदानमा वर्षा हुन थालेको छ। बिहीबार काठमाडौं गोर्खाज र जनकपुर बोल्ट्सबीचको पहिलो खेल सकिएलगत्तै मैदानमा छिटपुट वर्षा सुरु भएको हो।
वर्षा सुरु भएसँगै मैदानलाई त्रिपालले ढाकेर सुरक्षित राखिएको छ। आजै साँझ विराटनगर किंग्स र कर्णाली याक्सबीच अर्को खेल हुने तालिका छ।
उक्त खेलअघि काठमाडौंको आकाश बादलले धुम्मिएको छ भने मैदानमा अँध्यारो बढ्न थालेपछि फ्लडलाइटसमेत बालिएको छ। वर्षाका कारण साँझको खेल समयमै सुरु हुने वा नहुने भन्ने विषयमा भने अन्योल देखिएको छ।




