आजको मौसम: तीन प्रदेशमा हल्का बर्षा हुने

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, २२ कात्तिक। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा आंशिक बदली रहेको छ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ।

दिउँसो देशको हिमाली र पहाडी भू-भागमा आंशिक बदली रहने तथा तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै कोशी र बागमती प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ।

राति भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भाग तथा बाँकी प्रदेशका हिमाली भू-भागमा आंशिक बदली रहने र अन्य भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु वा कुहिरो लाग्नेछ।

आगामी पाँच दिनका लागि कुनै पनि मौसमी चेतावनी जारी गरिएको छैन। यद्यपि, सर्वसाधारण तथा सम्बन्धित सबै सरोकारवाला निकायहरूलाई पछिल्लो मौसमी सूचना तथा पूर्वानुमानबारे नियमित रूपमा जानकारी लिन महाशाखाले अनुरोध गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्