कृषि क्षेत्र पनि कानूनअनुसार नै चल्नुपर्छः कृषिमन्त्री भुसाल

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडाैं, १४ साउन । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले कृषि क्षेत्र पनि कानूनअनुसार नै चल्नुपर्ने भएकाले कृषि सम्बन्धी ऐन आवश्यक रहेको बताउनुभएको छ ।

खाद्यका लागि कृषि अभियानले आइतबार काठमाडौंमा आयोजना गरेको एकीकृत कृषि ऐनको आवश्यकताबारे प्रारम्भीक छलफल कार्यक्रममा मन्त्री भुसालले कृषि सम्बन्धी ऐनलाई सरोकारवालासंगको छलफलपछि मन्त्रिपरिषद्मा पेश गर्ने पनि बताउनुभयो ।

उहाले कृषि क्षेत्र जिवनपद्धतीसंग जोडिएकाले यसलाई व्यवस्थीत गर्न सरकार प्रतिवद्धत रहेको बताउनुभयो । अहिले प्रस्तावित ऐनको मस्यौदा छलफलका लागि प्रदेशमा पठाइएकाले आवश्यक सुझावलाई ग्रहण गर्ने उहाले बताउनुभयो ।

छलफलमा सहभागीहरुले कृषि क्षेत्रमा देखिएका बिभिन्न समस्या समाधानका लागि आवश्यक कानूनी व्यवस्था गर्न सुझाव दिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्