गोकर्णेश्वरमा २६ करोड ९४ लाख बजेट स्वीकृत, सडक स्तरोन्नति र सहरी पूर्वाधार निर्माण हुने

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

२ मंसिर, काठमाडौं ।  गोकर्णेश्वर नगरपालिकाभित्रका विभिन्न स्थानमा सडक स्तरोन्नति तथा सहरी पूर्वाधार निर्माणका लागि संघीय सरकारले २६ करोड ९४ लाख रुपैयाँ बजेट स्वीकृत गरेको छ ।

सघन सहरी विकास कार्यक्रमअन्तर्गत संघीय सहरी विकास मन्त्रालयमार्फत उक्त बजेट स्वीकृत भएको नगरपालिकाले जनाएको छ । बजेटबाट नगरपालिकाभित्रका विभिन्न सडक स्तरोन्नति गर्नुका साथै आवश्यक सहरी पूर्वाधार निर्माण गरिनेछ ।

नगरपालिकाले पूर्वाधार विकासका लागि बजेट माग गर्दै २०८३ असार ३२ गते सम्बन्धित मन्त्रालयमा औपचारिक प्रस्तावसहित पत्र पठाएको थियो । बजेट माग प्रक्रिया अघि बढाउन आवश्यक समन्वय तथा सहजीकरणका लागि नगरपालिकाले इन्जिनियरलाई प्रतिनिधिका रूपमा समेत तोकेको थियो ।

नगरपालिकाबाट पेस गरिएका प्रस्ताव तथा आवश्यक कागजातका आधारमा मन्त्रालयले बजेट स्वीकृत गरेको जानकारीसहितको पत्र प्राप्त भएको हो ।

बजेट स्वीकृत भएसँगै गोकर्णेश्वर नगरपालिकाका विभिन्न स्थानमा सडक स्तरोन्नति तथा सहरी पूर्वाधार विकासका काम अघि बढ्ने अपेक्षा गरिएको छ ।

नगरपालिकाले विकास निर्माणका लागि बजेट उपलब्ध गराउन सहयोग, समन्वय र पहल गर्ने संघीय सरकार, सम्बन्धित मन्त्रालय तथा सहयोगी निकायप्रति आभार व्यक्त गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी