काठमाडौंमा आजबाट साढे ५ घण्टा विद्युत् आपूर्ति कहाँ-कहाँ हुँदैछ अवरुद्ध ? (तालिकासहित)

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं : काठमाडौंमा विभिन्न क्षेत्रमा आजबाट मंसिर १४ गतेसम्म दैनिक साढे पाँच घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कामलाई तीव्रता दिन १२ वटा क्षेत्रमा दैनिक साढे ५ घण्टा विद्युत् कटौती गर्न लागेको जनाएको छ।

प्राधिकरण आज एक सूचना जारी गर्दै बिहान १०:३० बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जनाएको छ। प्राधिकरणकाअनुसार मंसिर ३ गते बलम्बु/थानकोट फिडरअन्तर्गत बल्खु खोला पुल र नैकाप क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ। मंसिर ४ गते धोबीखोला/बत्तीसपुतली फिडरअन्तर्गत लुम्बिनीदेखि शिफल ग्राउन्डसम्मको क्षेत्रमा विद्युत् कटौती हुनेछ।

विद्युत आपूर्ति बन्द हुने क्षेत्रहरूमा बल्खु खोला पुल (नैकाप), लुम्बिनीदेखि शिफल ग्राउण्डसम्म, स्युचाटार पुल, ईडीटीआर ९ र ईडीटीआर ९ए, ईडीटीआर २६ए र ईडीटीआर ४, शिफल ग्राउण्डदेखि कालोपुलसम्म, सतुङ्गलदेखि ढुङ्गे अड्डासम्म, ईडीटीआर ८ए र ईडीटीआर ८, तथा बलम्बुदेखि सगरमाथा स्याटेलाइट स्टेशनसम्मका स्थानहरू रहेका छन्।

प्राधिकरणले मौसम प्रतिकूल भएमा विद्युत् कटौतीको कार्यतालिका रद्द हुन सक्ने जनाएको छ।

हेर्नुहोस् कुन दिन कहाँ विद्युत अवरुद्ध हुँदैछ ?

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी