मुम्बई, ३ मंसिर । निर्देशक रोबी ग्रेवालको ‘बिलियनेयर’ को छायांकन सुरु गर्न अर्जुन रामपाल लन्डन पुगेका छन्।
विभिन्न रिपोर्टहरूका अनुसार, युबी समूहका विवादित पूर्व प्रमुख विजय माल्याबाट प्रेरित यो शृङ्खलाले एक व्यापारिक हस्तीको उत्थान र अन्ततः पतनको कथा समेट्छ। छायांकन सुरु हुनुभन्दा केही दिनअघि रामपालसँग कुराकानी गर्ने क्रममा साेधिएकाे थियाे, उनी ती पात्रहरूलाई कसरी आत्मसात गर्छन्, जसका कार्यहरू उनको आफ्नै नैतिक मूल्यमान्यतासँग मेल खाँदैनन् ?’
“के तपाईं कहिलेकाहीँ यस्ता काम गर्नुहुन्न, जुन पछि सोच्दा त्यति राम्रो थिएन जस्तो लाग्छ ? मानिसहरू सबै ‘खरानी रङ’ का हुन्छन्,” अभिनेताले भने, “यहाँ पूर्ण रूपमा कालो वा सेतो भन्ने केही हुँदैन। खरानी रङको त्यही रङ-मिश्रणमा हामी अन्य रङहरू थप्ने गर्छौं।”
तर, ‘ग्रे’ (न पूर्ण रूपमा सकारात्मक, न पूर्ण रूपमा नकारात्मक) चरित्र निर्वाह गर्न अझ बढी मिहिनेत आवश्यक पर्छ। रामपालका अनुसार सेटमा पुग्नु अघि ग्रेवाल र उनको तयारी निकै बलियो थियो। उनी भन्छन्, “तपाईंले पटकथा (स्क्रिप्ट) सकेसम्म धेरै पटक पढ्नुपर्छ, दृश्यहरू (सिन) बुझ्नुपर्छ र सेटमा जानु अघि जति मन लाग्छ, त्यति प्रश्नहरू सोध्नुपर्छ। तपाईं यति सहज हुनुपर्छ कि तपाईंको अभिनय हेर्दा कसैलाई पनि ‘अभिनय गरिरहेको’ जस्तो नलागोस्।”
रामपाल धुरन्धरमा खुंखार भुमिकामा देखिए पछि यतिखेर उनकाे निकै डिमाण्ड भइरहेकाे छ।




