झापामा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

झापाको बाह्रदशी गाउँपालिका–५ खटखटी टोलस्थित चारपाने–राजगढ भित्री सडकखण्डमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

बुधबार राति करिब १०ः४० बजे भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको हो। मृतक दुवै जनाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार राजगढबाट चारपानेतर्फ जाँदै गरेको प्रदेश १–०१–०१२ प ४६३८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०३–००२ त १०४० नम्बरको धान काट्ने मेसिन जडित ट्याक्टर आपसमा ठोक्किएका थिए।

दुर्घटनापछि ट्याक्टर चालक फरार भएका छन्। उनको खोजी भइरहेको झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास बुढाथोकीले जानकारी दिए।

मृतक दुवै जनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ। दुर्घटनामा संलग्न दुवै सवारीसाधन नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी