एमालेले अडान नछाडेपछि प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, १५ साउन ।  आज साेमवार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणको छानबिन गर्नका लागि उच्चस्तरीय समिति गठन नभए संसद् अवरोध गर्ने अडान राखेपछि बैठक भोलि मङ्गलवार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो ।

उच्चस्तरीय समिति गठन नगरि संसद् चलाउन खोजेमा बेल घेराउ गर्ने र संसद् चल्न नदिने जानकारी एमालेले सभामुखलाई गराएपछि सभामुख देवराज घिमिरेको निर्देशनमा बैठक स्थगित गरेको संसद् सचिवालयले जनाएको छ ।

एमाले सचेतक महेश बर्तौलाले सुन तस्करीको विषयमा छानबिन गर्नका लागि तत्काल उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने अडान कायमै रहेको बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्