प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, १६ साउन । प्रतिनिधिसभाको आज मङ्गलवारकाे बैठक पनि सूचना टाँसेर स्थगित गरिएको छ ।

हिजो साेमवार पनि सूचना टाँस गरेर आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक आज पुनः सूचना टाँस गर्दै स्थगन गरिएको संसद् सचिवालयले जनाएको छ ।

सभामुख देवराज घिमिरेले अर्को बैठक साउन २२ गते सोमवारका लागि तोक्नुभएको छ । सुन तस्करी प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले निरन्तर संसद् अवरोध गर्दै आएको छ । एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा र उच्चस्तरीय संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । तर सत्तापक्ष भने संसद् चलाएर सरकारले जवाफ दिन पाउनुपर्नेमा मागमा अडिग छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्