दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाण्डौ – दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाहले गर्नुहुने भएको छ ।
सुर्खेतमा रहेको कर्णाली प्रदेश रङ्गशालामा आउँदो बुधबार बिहान १० बजे उद्घाटन समारोह शुरु हुनेछ । वीरेन्द्रनगरमा आज आयोजित पत्रकार सम्मेलनमा युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यसबारे जानकारी दिनुभएको हो । उद्घाटन समारोहमा विद्यालय, सुरक्षा निकाय र खेलाडीको मार्च पाससँगै विभिन्न सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरिनेछ ।

आयोजकका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको छ । खेलाडीका लागि आवास तथा खेलस्थलसम्म आउन–जान गाडीको व्यवस्था मिलाइएको छ । सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघको सहभागिता रहेको प्रतियोगिताका खेलहरू मंसिर ५ गतेदेखि नै शुरु भइसकेका छन् ।

अहिलेसम्म नेपालगन्जमा पौडी सम्पन्न भइसकेको छ भने सुर्खेतमा क्रिकेट, फुटबल, बास्केटबल, बक्सिङलगायतका खेल सञ्चालन भइरहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्