युद्धग्रस्त देशमा सुरक्षासम्बन्धी काममा नजान सरकारको आग्रह

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, १६ साउन । सरकारले युद्धग्रस्त देशमा सुरक्षासम्बन्धी काममा नजान आग्रह गरेको छ ।

परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर कसैको झुक्यानमा परि वा गलत सूचनाका आधारमा युद्धग्रस्त देशमा सुरक्षासम्बन्धी काममा नजान आग्रह गरेको छ । यस्ता काममा संलग्न हुँदा आइपर्ने जोखिम र उद्धारमा हुने कठिनाइप्रति सजग रहनसमेत मन्त्रालयले सबैलाई सूचित गरेको छ ।

केही सामाजिक सञ्जाल र सार्वजनिक सञ्चारमाध्यममा नेपाली नागरिक विदेशी सेनामा भर्ना भएका भन्ने समाचारको सम्बन्धमा मन्त्रालयको ध्यानाकर्षण भएको सूचनामा उल्लेख छ ।

विदेशी सेनामा नेपाली नागरिक भर्ना सम्बन्धमा परम्परागतरूपमा सम्झौताअन्तर्गत केही मित्रराष्ट्रहरूको राष्ट्रिय सेनामा भर्ना हुँदै आएकोमा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिनेसम्बन्धी नेपाल सरकारको नीति नरहेको मन्त्रालयले स्पष्ट पारेको छ ।

पछिल्लो समय युक्रेनविरुद्धको युद्धका लागि रुसी सेनामा नेपाली नागरिक पनि भर्ना भइरहेको समाचार र सूचना सार्वजनिक भएपछि सरकारले नेपालीलाई सुरक्षासम्बन्धी काममा नजान आग्रह गरेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्