संवैधानिक परिषद्ले अर्को बैठकबाट मात्रै भावी प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, १६ साउन । संवैधानिक परिषद्ले अर्को बैठकबाट मात्रै भावी प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने भएको छ ।

सिंहदरबारमा मंगलबार बसेको बैठकमा प्रधानन्यायाधीश लगाएत अन्य संवैधानिक निकायका रिक्त पदहरुका बिषयमा छलफल भएको र अर्को बैठकले निर्णय गर्ने राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिनुभयो । बैठकमा प्रधानन्यायाधीश सिफारिस गर्ने व्यक्तिको नाममा समेत छलफल नभएको उहाले बताउनुभयो । उहाले अर्को बैठकले सवै नियुक्ति सिफारिसमा एकमुष्ट निर्णय गरिने बताउनुभयो ।

संवैधानिक परिषद्को अर्को बैठक साउन १८ गते पाँच बजे बस्ने तिमिल्सिनाले जानकारी दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्