काठमाडौ, १७ साउन । नेपालमा चिनियाँ पर्यटकको आगमन बढ्न थालेको छ ।
सन् २०२३ को पहिलो ६ महिना (जुन)सम्म भारतीय नागरिकपछि दोस्रो स्थानमा अमेरिकी पर्यटकको आगमन थियो । सातौं महिना (जुलाई)मा भने चिनियाँ नागरिक दोस्रो स्थानमा उक्लिएका छन् ।
नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार जुलाई २०२३ मा कुल ५७ हजार ७२६ जना पर्यटक नेपाल आएका छन् ।
त्यसमध्ये भारतीय मात्र २१ हजार ३५७ जना आएका छन् । दोस्रो स्थानमा चिनियाँ नागरिक छन् । उनीहरुको संख्या ५ हजार ५९३ जना छन् । अमेरिकी पर्यटकको संख्या ५ हजार ५६१ जना रहेको बोर्डले जनाएको छ ।





