केन्द्रीय समिति बैठक लाइभ नगर्ने माओवादीको निर्णय

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौ, १७ साउन । नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय समिति बैठक लाइभ नगर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बिहान बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठक लाइभ नगर्ने निर्णय गरेको हो  ।

पार्टी भित्रकै नेताहरुले बैठक लाइभ नगर्न दबाब दिएपछि केन्द्रीय समिति बैठक लाइभ नगर्ने बताइएको छ ।

केन्द्रीय कमिटी बैठक काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आज बाट सुरु हुदैछ । पाँच दिनसम्म चल्ने बैठकमा सरकारका कामको समीक्षालगायतका विषयमा छलफल हुने जनाइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्