माओवादीले केन्द्रीय कमिटी बिस्तार गर्ने

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, १७ साउन ।  सत्तारुढ दल नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी बिस्तार गर्ने निर्णय गरेको छ ।

आज बिहान बसेको पदाधिकारी र स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी विस्तार गर्ने निर्णय गरेको हो । अहिले कायम ३८५ सदस्यीय केन्द्रीय कमिटीलाई विस्तार गरेर ४०७ सदस्यीय बनाउने तयारी भएको एक माओवादी नेताले जानकारी दिनुभयाे । आजबाट काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा माओवादीको केन्द्रीय कमिटी बैठक बस्दैछ ।

त्यस अघि आज बिहान बसेको पदाधिकारी र स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी विस्तार गर्ने निर्णय गरेको हो । बैठकमा सबै केन्द्रीय कमिटीका सदस्यहरुले बोल्ने बताइएको छ । बैठकमा पार्टीको बिधान संशोधन प्रस्ताब पनि पेश हुने बताइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्