शेयर बजार ३ अङ्कले बढ्यो

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, १८ साउन ।  काराेबार हुने हप्ताको अन्तिम दिन शेयर बजार सामान्य बढेको छ ।

शेयर बजार परिसूचक नेप्से आज बिहीवार तीन अङ्कले बढेर दुई हजार ८९ दशमलव ८४ विन्दुमा पुगेको छ ।

आज विकास बैंक, फाइनान्स, होटल, जलविद्युत् र निर्जीवन बीमा समूहको शेयर सामान्य घटेको छ भने अरू समूहको शेयर सामान्य बढेको छ । आज सबैभन्दा धेरै सपोर्ट लघुवित्त र एनआईबीएल ग्रोथ फन्डको शेयर १० प्रतिशतले बढेको छ । प्रोग्रेसिभ फाइनान्सको शेयर भने पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज दुई सय ६२ वटा कम्पनीका ५१ लाख ३० हजार कित्ता शेयर किनबेच भएका छन् । ४० हजार सात सय पटक भएका कारोबारबाट एक अर्ब ७८ करोड १९ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको नौ करोड २३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्