प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाण्डाै , १८ साउन ।  संवैधानिक परिषद्ले नयाँ प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको संवैधानिक परिषद्ले सर्वोच्च अदालतको नयाँ प्रधानन्यायाधीशमा श्रेष्ठको नाम सिफारिस गर्ने निर्णय गरेको राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।

वर्तमान प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन १९ गते अनिवार्य अवकाशमा जाने भएकाले बैठकले नयाँ प्रधानन्यायाधीश सिफारिस गरेको उहाले बताउनुभयो । बैठकले महालेखा परिक्षक , निर्वाचन आयुक्त, प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्य र मुस्लीम आयोगको सदस्य नियुक्तिका लागि प्रक्रिया अगाडी बढाउने निर्णय गरेको तिमिल्सिनाले जानकारी दिनुभयो ।

उक्त निकायमा नियुक्तीका लागि इच्छुकहरुबाट आवदेन लिनका लागि १५ दिनको सूचना प्रकाशित गरिने उहाले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्