सामाखुशी खोलामा खसेर ११ दिनदेखि बेपत्ता बालकको शव दक्षिणकालीमा भेटियो

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, १८ साउन । ७ साउनमा काठमाडौंको सामाखुशी खोलामा खसेर बेपत्ता भएका बालकको दक्षिणकालीमा शव भेटिएको छ ।

सामाखुशी खोलाको बाढीमा बगेका १३ वर्षीय बालक विधान आलेमगर (साजन) को शव ११ दिनपछि भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ ।

प्रहरी वृत्त कीर्तिपुरको टोलीले दक्षिणकालीमा बागमती नदीको किनारमा शव भेटेको हो । स्थानीय वासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

बालक बेपत्ता भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोलीले उनको खोजी गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्