संक्रमणकालीन न्यायसम्बन्धि विधेयकका त्रुटिपूर्ण प्रावधान तत्काल सच्याउन माग गर्दै प्रदर्शन

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडाैं, १९ साउन । संक्रमणकालिन न्यायसम्बन्धि कानूनलाई संशोधन गर्न संसदमा विचाराधिन विधेयकका त्रुटीपूर्ण प्रावधान तत्काल सच्याउन माग गर्दै धर्ना दिइएको छ ।

शुक्रबार काठमाडौं जिल्ला प्रशासन कार्यलय अगाडि आम द्वन्द्वपीडित र मानवअधिकार समुदायले संक्रमणकालिन न्यायसम्बन्धि ऐन संशोधन गर्न बनेको विधेयकमा व्यवस्था गरेको त्रुटीपूर्ण प्रावधान तत्काल सच्याउन सरकारसँग माग गरेका हुन् ।

उनीहरुले सरकारले संक्रमणकालिन न्यायसम्बन्धि ऐनमा मानवता विरुद्धका गम्भिर अपराधलाई पनि क्षमा योग्य बनाएको भन्दै विरोधमा द्वन्द्व पीडितहरुले ऐन सच्याउन माग गरेका छन् ।

द्वन्द्व पीडितहरुका सम्पूर्ण मागहरु सरकारले सम्बोधन गर्नुपर्ने उनीहरुको माग छ । उनीहरुले सरकारले संशोधन गर्न ल्याएको विधेयकलाई सच्याएर ऐन जारी गरी न्याय दिन माग गरे ।

प्रदर्शनकारीहरुले द्वन्द्व पीडितको सत्य,न्याय र परिपूरणको अधिकार सुनिश्चित गर,दण्डहीनताको अन्त्य गर,बेपत्ता पारिएका व्यक्तिको छानबिन,सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ संशोधन विधेयकमा त्रुटिपूर्ण प्रावधान तत्काल सच्याउ, विश्वसनीय र पारदर्शी प्रक्रियाद्वारा स्वतन्त्र, सक्षम, विश्वसनीय आयोग गठन गर लेखेका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्