सरकारले १० लाख टन धान र १ लाख टन चामल आयात गर्ने

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडाैं, १९ साउन । सरकारले यो वर्ष १० लाख टन धान र १ लाख टन चामल आयात गर्ने भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्यान्नको अभाव हुन नदिनका लागि सो परिमाणको धान र चामल आयात गर्ने निर्णय गरेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक गजेन्द्र ठाकुरले जानकारी दिए ।

भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएको, नेपालमा पर्याप्त वर्षा नहुँदा धान रोपाइँ पूर्ण रुपमा हुन नसकेको जस्ता पक्षलाई मध्यनजर गर्दै सरकारले धान र चामल आयात गर्ने निर्णय विभागले पत्रकार सम्मेलन आयोजना गरी जानकारी गराएको छ ।

त्यस्तै सरकारले ५० हजार टन चिनी निर्यात गर्ने निर्णय पनि गरेको छ । बजारको आपूर्ति व्यवस्थालाई सहज बनाइ महँगी नियन्त्रणका लागि आपूर्तिको निर्णय भएको ठाकुरले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्