सुन तस्करी प्रकरणकाे छानविनमा राजनीतिक हस्तक्षेप हुदैनः  प्रधानमन्त्री प्रचण्ड

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, १९ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई दिनु अहिलेसम्मको उच्चस्तरीय छानविन भएको बताउनुभएको छ ।

शुक्रबार प्रज्ञा भवन कमलादीमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले सुन तस्करी प्रकरण संगठित र अन्तरदेशीय अपराध जस्तो देखिएकाले सम्पूर्ण अनुसन्धानको जिम्मेवारी सीआईबीलाई दिएको र यो अहिलेसम्मको उच्चस्तरीय छानविन भएको बताउनुभएको हो ।

उहाले अव राजस्व अनुसन्धान बिभागले अहिलेसम्मको सम्पूर्ण अनुसन्धान सीआईबीलाई उपलव्ध गराएर दुवै निकायले मिलेर अनुसन्धान गर्ने जिकिर गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले सुन तस्करी प्रकरण र छानविनमा कुनै प्रकारको राजनीतिक हस्तक्षेप नहुने बताउनुभयो । अनुसन्धानको प्रक्रियामा जोसुकै आएपनि अगाडी बढ्न निर्देशन दिएको भन्दै आफ्नै नाम आएपनि अनुसन्धान अघि बढाइने उहाले बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले सुन तस्करी प्रकरण दोषी कोहिलाई पनि नछाड्ने र निर्दोष कोहिपनि नपरुन भन्नेमा सचेत रहेको उल्लेख गर्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्