सेयर बजार २८.४० अंकले घट्याे

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौ, २३ साउन । सेयर बजार अझै पनि सम्हालिन सकेको छैन ।

मंगलबार कारोबारको अन्तिम प्रहरमा नेप्से थप उच्च अंकले घटेको छ । कारोबार रकम पनि प्रभावित भइरहेको छ । यस दिन नेप्से सूचक २८.४० विन्दुले घटेर २०१९.८५ अंकमा आएर अडिएको छ ।

दुई कम्पनीमा सकारात्मक सर्किट लाग्दा १ अर्ब ७३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूहका सूचक घटेका छन् ।

यस दिन २६५ कम्पनीको ४८ लाख ६० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १७ करोड ८९ लाख रुपैयाँसहित कारोबार रकममा आइएमई लाइफ इन्स्याेरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र एभरेष्ट बैंक परेका छन् ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी