एमडीएमएस प्रणालीमा फोन दर्ता गर्न पाउने समय साउन मसान्तसम्म लम्बाइयो

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं , २३ साउन । सरकारले मोबाइल डिभाइस म्यानेजमेन्ट प्रणाली (एमडीएमएस)मा मोबाइल फोन दर्ता गर्न पाउने समय साउन मसान्तसम्म लम्बाएको छ ।

अर्थ मन्त्रालयका अनुसार आर्थिक ऐन २०८० ले दिएको असार मसान्तसम्मको समयलाई एक महिना लम्बाएर साउन मसान्तसम्म पुर्‍याउने निर्णय भएको छ ।

नेपाल दूर सञ्चार प्राधिकरणले यस्तो प्रणाली कार्यान्वयनमा ल्याएको छ । यो प्रणालीमा विभिन्न कारणले दर्ता हुन नसकेका सेलुलर मोबाइललाई यो अवधिसम्म दर्ता गराउन सकिने गरी समय तोकिएको मन्त्रालयको सूचनामा उल्लेख छ ।

विदेशबाट नेपालमा भन्सार नतिरी उपहारमा आएका वा व्यक्ति स्वयंले ल्याएका मोबाइललाई प्रणालीमा आवद्ध गर्न सरकारले यो सिस्टम कार्यान्वयनमा ल्याएको हो । यो प्रणालीमा दर्ता नगरेसम्म मोवाइल फोन चल्दैनन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्