उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकार तयार नभएको भन्दै एमालेले गर्‍यो संसद अवरोध

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, २३ साउन । नेकपा एमालेका सांसदले फेरि पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेका छन् ।

आज मङ्गलवार केहीबेरका लागि बैठक चल्न दिएका नेकपा एमालेका सांसदहरूले सय किलो सुन तस्करीको विषयमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिएपछि फेरि संसद् अवरुद्ध गरेका हुन् ।

एमालेले संसद् अवरुद्ध गर्नुअघि विभिन्न दलका नेताले बोलेका थिए भने गृहमन्त्री श्रेष्ठले पनि जवाफ दिनुभएको थियो । तर फेरि पनि एमालेका सांसदले सिटबाट उठेर नाराबाजी गर्दै बैठक चल्न नदिएपछि सभामुख देवराज घिमिरेले भोलिसम्मका लागि बैठक स्थगित भएको जानकारी दिनुभयाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्