सुदूरपश्चिमका सात जिल्ला जाेड्ने भीमदत्त राजमार्ग अझै खुलेन

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

धनगढी, २४ साउन  । कैलालीमा अविरल वर्षासँगै आएको पहिरोले अवरुद्ध भएको भीमदत्त राजमार्ग अझै खुलेको छैन ।

गोदावरी नगरपालिका-४ को बुढितोलामा सोमबार राति आएको पहिरोसँगै करिब दुई सय मिटर भाँसिएपछि अवरुद्ध भएको राजमार्ग सञ्चालन हुन नसकेको हो ।

डिभिजन सडक कार्यालयले पहिरो पन्छ्याउने काम जारी रहेपनि पहिरो आउने क्रम नरोकिएपछि समस्या भएको जनाएको छ । मंगलबार राति सोही ठाउँमा फेरि पहिरो गएको छ ।

सडक डिभिजन कार्यालयका प्रमुख हरी सुवेदीले चारवटा डोजरको प्रयोग गरेर दुवैतर्फबाट पहिरो पन्छ्याउने काम भइरहेको बताउनुभयाे ।

सुवेदीले सडक भाँसिएकै क्षेत्रमा हिजाे राति पनि पहिरो गएको बताउँदै आज बिहानैदेखि पुन: पन्छयाउन थालिएको जानकारी दिनुभयाे ।

उहाले आज साँझसम्म एकतर्फी भएपनि सडक सञ्चालन गर्ने प्रयास भइरहेको बताउनुभयाे । तर वर्षा र पहिरो खस्ने क्रम नरोकिएमा भने केही समस्या हुने बताइएको छ ।

सोमबार राति गएको पहिरोका कारण भीमदत्त राजमार्ग अवरुद्ध भएपछि सुदूरपश्चिमका ७ पहाडी जिल्लाको सडक सम्पर्क टुटेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्