महानगरको डोजर पुगेपछि स्थानीय र महानगरका प्रहरीबीच कपनमा झडप

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौ, २५ साउन ।  स्थानीय वासिन्दासँग समन्वय नगरी कपनमा खहरे खोला खन्न गएको भन्दै स्थानीय र काठमाडौं महानगरका प्रहरीबीच झडप भएको छ ।

बिहिबार कपनमा खहरे खोला अतिक्रमण गरेर बनेका घर हटाउने भन्दै काठमाडौं महानगरपालिकाको डोजर पुगेपछि स्थानीय र महानगर प्रहरीबीच झडप भएको हो ।

काठमाडौं महानगरपालिका १० र बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ७ को सिमानामा रहेको क्षेत्रमा खोला अतिक्रमण गरेर घर टहरा बनाइएको पाइएपछि भत्काउन खोजिएको महानगरले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्