मङ्गलवारदेखि अवरुद्ध भएको श्रम स्वीकृति सेवा सुरु

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडाैं, २५ साउन ।  मङ्गलवारदेखि अवरुद्ध भएको श्रम स्वीकृति सेवा अब लिन सकिने भएको छ ।

अवरुद्ध भएको वैदेशिक रोजगार विभागको फेमिस प्रणाली पुनः सञ्चालनमा आएसँगै श्रम स्वीकृतिको काम पनि सुरु भएको विभागले जनाएको छ ।

फेमिस प्रणालीको फाइल सर्भर सार्नका लागि गएको मङ्गलवारदेखि सिस्टममा फाइल अपलोड सेवा बन्द गरिएको थियो । तर आज बिहीबारदेखि यो समस्या समाधान भएको सूचना विभागले जारी गरेको छ ।

तर सिस्टममा आएको समस्याको कारण श्रम स्वीकृति दिने काममा क्यूमा रहेको भन्दै श्रम स्वीकृति प्राप्त नहुँदासम्म टिकट नकाट्न विभागले अनुरोध गरेको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्