कांग्रेस सांसद सुनील शर्मा नक्कली शैक्षिक प्रमाणपत्रकाे आराेपमा पक्राउ

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, २५ साउन । आज केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीद्वारा पक्राउ परेका कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य सुनील शर्मामाथि फर्जी कागजात बनाएको अभियोग लागेको छ।

उनले शैक्षिक प्रमाणपत्र कीर्ते गरेको पाइएको प्रहरी प्रवक्ता तथा डीआईजी कुवेर कडायतले जानकारी दिनुभयाे ।

सोही प्रकरणमा अन्य तीन जनालाई पनि प्रहरीले पक्राउ गरेको उहाले बताउनुभयाे ।   ब्युरोले मेडिकल क्षेत्रसँग सम्बन्धित कीर्ते कागजात बनाएकोबारे उनीमाथि अनुसन्धान भइरहेको जनाएको छ ।

सीआईबीको टोलीले शर्मालाई राजधानीको टोखा क्षेत्रबाट पक्राउ गरेको हो ।  शर्मा गत मंसिरमा सम्पन्न निर्वाचनमा मोरङ ३ बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।

शर्मा काठमाडौँ मेडिकल कलेज र विराटनगरस्थित नोबल मेडिकल कलेजका सञ्चालक हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्