कपनमा खहरे खोला अतिक्रमणबारे महानगरले पुन नापजाँच गर्ने

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, २५ साउन  । कपनमा खहरे खोला अतिक्रमण गरेर बनेका घर टहरा हटाउनका लागि काठमाडौं महानगरले पुन नापजाँच गर्ने भएको छ ।

अतिक्रमण गरेर बनेका घर टहरा भत्काउन गएका महानगरको टोली र स्थानीयबीच विवाद भएपछि बूढानीलकण्ठ नगरपालिकाको समन्वयनमा पुन नापजाँच गर्न महानगर सहमत भएको हो ।

विवाद भएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीबीच छलफल भएको थियो । छलफलपछि सो क्षेत्रमा पुन नापजाँच गरेर थप काम अघि बढाउने सहमति भएको काठमाडौ महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिनुभयो ।

कपनमा खहरे खोला अतिक्रमण गर्दा बर्षामा बाढि आउने गरेको र निकै धनजनको समेत क्षति पुगेको भन्दै बिहानै महानगरको टोली डोजरसहित सो क्षेत्रमा पुगेको थियो । महानगरेको टोली आएपछि स्थानीयहरुले विरोध गर्दै नारावाजी गरेका थिए । केहि स्थानीयहरुले भने बर्षेनी हुने डुवानलाई रोक्न खहरे खोलालाई निर्वाध रुपमा बग्न दिनुपर्ने बताएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्