संसदको गतिरोधबारे राष्ट्रपति पौडेलको चासो

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं , २५ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले संसदको गतिरोधबारे चासो व्यक्त गर्नुभएकाे छ ।

आज शीतल निवास आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उहाले संसदको अवरोध र सहमतिका लागि भइरहेको प्रयासबारे चासो राख्नुभएकाे हाे ।

उहाले भोलि शुक्रबार सभामुखलाई समेत भेट्ने तय भएको छ । सुन तस्करीबारे उच्चस्तरीय छानबिन गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

भेटमा राष्ट्रपति पौडेलले संघीय शिक्षा ऐनबारे समेत चासो राख्नुभएकाे  थियाे। विधेयक विवादित भएको भन्दै उहाले यसलाई सर्वस्वीकार्य बनाउन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएकाे बताइउकाे  छ ।

साथै संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम आफ्नै कार्यकालमा टुंग्याउन समेत प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेको बताइएकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्