रास्वपा सांसदहरूले संसद् नचलेकाे दिनकाे सेवा सुविधा नलिने

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, २६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद्हरूले संसद् बैठक नचलेको दिनको कुनै पनि सेवा सुविधा नलिने घोषणा गरेका छन् ।

आज शुक्रवारको बैठक पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण स्थगित भएपछि रास्वपाले बैठक नचलेको दिनको सेवा सुविधा नलिने घोषणा गरेको हो । बैठक स्थगित भएपछि बाहिरिने क्रममा सभापति रवि लामिछानेले संसद् नचलेको बेलाको कुनै सेवा सुविधा नलिन व्यवस्था गरिदिन सभामुख देवराज घिमिरेलाई आग्रह गर्नुभएको छ ।

लामिछानेले सभामुखलाई दलको तर्फबाट संसद् शुरु गर्नका लागि संसदीय अभ्यासभित्र रहेर संसद् निरन्तर चलोस् भनेर औपचारिक रूपमा पत्र दर्ता गराएको भन्दै बैठक नचलेको दिन आफ्नो पार्टीको सांसदहरूलाई सुविधा नदिन आग्रह गर्नुभयो ।

एमालेको अवरोधका कारण साउन १० गतेयता संसद् बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्