ललिता निवास प्रकरणमा बयान दिन तयार छु : बाबुराम भट्टराई

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

रुपन्देही, २६ साउन ।  पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डाक्टर बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा बयान दिन तयार रहेकाे बताउनुभएकाे छ ।

बुटवलमा आज शुक्रवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष भट्टराईले ललिता निवास प्रकरणमा सर्वोच्च अदालतले आफूमाथि पनि छानबिन गर्नुपर्ने आदेश दिएको भन्दै आफू सहयोग गर्न तयार रहेको बताउनुभयो ।

अध्यक्ष भट्टराईले भ्रष्टाचारसम्बन्धी मुद्दाको छानबिनका लागि बलियो र निष्पक्ष आयोग गठन हुनुपर्ने पनि बताउनुभभयाे । उहाँले विगतका आयोगजस्तो नभई भ्रष्टाचारका सबै फाइल खोल्ने गरी उच्चस्तरीय आयोग गठनको आवश्यकता रहेको बताउनुभयो ।

भट्टराईले भ्रष्टाचार निर्मूल पार्नका लागि व्यक्ति व्यक्तिलाई मात्रै कारबाही गरेर नहुने जनाउँदै संरचनागत ढङ्गले जानुपर्ने बताउनुभयो । उहाँले देशको प्रमुख कार्यकारी (प्रधानमन्त्री) माथि नै प्रश्न उठेको अवस्थामा उच्चस्तरीय र निष्पक्ष छानबिनका लागि आयोग गठन गर्नु आवश्यक रहेको बताउनुभयो ।

संसदमा प्रमुख विपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग गर्नु अधिकारको कुरा भएको उहाँको भनाइ छ ।

पार्टीको प्रदेशस्तरीय प्रशिक्षण अभियान लिएर हिँडेका अध्यक्ष भट्टराईले संविधान जारीपछि माओवादी आन्दोलनको कार्यभार पूरा भएकाले आफू त्यसभन्दा पनि अघि बढेको बताउनुभयो । देशमा नयाँ र वैकल्पिक शक्तिको खाँचो औँल्याउँदै उहाँले त्यहीअनुसार नेसपा अघि बढेको दाबी गर्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्