कपनकाे खहरे खाेला खन्न महानगरले डाेजर चलायाे

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, २६ साउन । काठमाण्डाैकाे कपनमा रहेकाे खहरे खाेला खन्न काठमाण्डाै महानगरपालिकाले डाेजर चलाएकाे छ ।

कपनमा माथिबाट छोपिएको खहरे खोला खन्न काठमाण्डाै महानगर र बूढानीलकण्ठ नगरपालिकाबीच आज शुक्रवार सहमति भएको हाे । महानगरले हिजो बिहीवार नै डोजर चलाउन खोजेको थियो । तर खोला खन्ने विषयमा बूढानीलकण्ठका जनप्रतिनिधि र स्थानीयले विरोध गरेपछि महानगरको टोली पछि हटेको थियो ।

आज चावहिलमा रहेको नापी कार्यालयमा नक्सासहित दुवै पक्षको उपस्थितिमा बसेको बैठकमा खहरे खोला खोल्ने विषयमा सहमति भएको हो । सहमतिपछि काठमाण्डाै महानगर– ७ र बूढानीलकण्ठ नगरपालिका–१० को सिमानामा पर्ने खहरे खोला खोल्न अहिले दुई वटा डोजर प्रयोग भइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्