काठमाडौं, २९ साउन । प्रतिनिधि सभाको बैठकमा एमालेले नाराबाजी गरेको गरेपछि बैठक स्थगित भएको छ ।
सोमबार सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले संसद अवरोध गरेको हो ।
अर्को बैठक भदौ ३ गते दिउँसो १ बजेसम्मको लागि स्थगित भएको सभामुख देवराज घिमिरेले जानकारी गराउनुभयो ।
सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले निरन्तर संसद अवरोध गर्दै आएको छ ।





