सार्वजनिक सवारी साधनको भाडा बढ्यो, (सूचीसहित)

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, ३१ साउन । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा समेत वृद्धि भएको छ ।

स्वचालित मूल्य प्रणालीका आधारमा आजदेखि लागू हुने गरी यातायात व्यवस्था विभागले सार्वजनिक सवारीको भाडा वृद्धि गरेको हो ।

विभागका अनुसार यात्रुवाहक सवारी साधनको साबिकको भाडामा ४.७० प्रतिशतले वृद्धि गरिएको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा ६.१५ प्रतिशतले वृद्धि गरिएको छ । यस्तै तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ६.८३ प्रतिशतले वृद्धि गरिएको छ ।

इन्धनको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढीले बढेमा वा घटेमा विभागले अभ्यास गर्दै आएको वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रूपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था रहेको छ ।  सोही व्यवस्था अनुसार भाडा समायोजन गरिएको विभागले जनाएको छ ।

नेपाल आयल निगमले मंगलबार रातिदेखि लागू हुने गरी डिजेलको मूल्य प्रतिलिटर १४ रुपैयाँले वृद्धि गर्दै १६५.८३ रुपैयाँ पुर्‍याएको छ ।

भाडा सूची 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी